नियम ८०
सार्वजनिक संस्थानको वित्तीय प्रतिवेदन
(१) सार्वजनिक संस्थानले सम्पत्ति र दायित्वको अतिरिक्त नेपाल सरकारबाट प्राप्त अनुदान, शेयर तथा क्रण लगानी, आन्तरिक आम्दानी, खर्चको वित्तीय विवरण तथा असुल उपर गर्नु पर्ने बेरुजुको विवरण तयार गरी सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयमा आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र पेश गर्नु पर्नेछ। यस्तो विवरणको आधारमा अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा गरी प्रतिवेदन प्रकाशन गर्नेछ।
(२) नेपाल सरकारले सार्वजनिक संस्थानमा शेयर तथा त्रष्३ठण लगानी वा शेयर विनिवेश गर्दा सम्बन्धित सार्वजनिक संस्थानको सम्पर्क मन्त्रालयको सिफारिस तथा त्यस्तो संस्थानको वित्तीय अवस्था र व्यावसायिक योजनाको आधारमा गर्नेछ।
(३) सार्वजनिक संस्थानले नेपाल सरकारबाट भएको शेयर तथा क्रण लगानी आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र सम्बन्धित मन्त्रालय र सार्वजनिक क्रण व्यवस्थापन कार्यालयसँग हिसाब समायोजन गर्नु पर्नेछ।